लालीगुराँस क्वार्टरफाइनलमा
बुधबार, ०२ बैशाख २०८३खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। लालीगुराँस युथ क्लब ४४औं नासरकों बजार, घनपोखरा कप नाइन ‘ए’ साइड लमजुङ जिल्ला फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
श्री घनपोखरा युवा क्लब, मर्स्याङ्दी–१ लमजुङमा बुधबार सम्पन्न खेलमा लालीगुराँसले योङ् बोइज घनपोखरालाई २–० ले पराजित गरेको हो।
लालीगुराँसको जितमा सोनम गुरुङले पहिलो हाफको पाँचौं मिनेटमा गोल गरेका थिए। छबिन्द्र गुरुङले दोस्रो हाफको १०औं मिनेटमा लालीगुराँसको जित पक्का गरे।
भेट्रानतर्फ भने आदर्श युथ क्लबले तमू परिवार पोखरालाई २–० ले पाखा लगायो।
आदर्शको जितमा सुलबहादुर विकले गोल गरे। गोपाल गुरुङले भने एक गोल उपहार दिए।






-1776247934011.jpg&w=3840&q=75)


-1776255486335.jpeg&w=3840&q=75)

