पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा
विराटनगर। पूर्वविजेता झापा ११ विराटनगरमा जारी ३८औं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो।
झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोर्ट्स क्लब र चर्च बोइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।
चर्च बोइजले विभागीय टोली एपीएफलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोर्ट्सले भारतको बिरसामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६७ औं मिनेटमा ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो।
यस जितसँगै झापाले १० वर्षअघिको बदलासमेत लिएको छ। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १–० ले नै हराउँदै उपाधि जितेको थियो।
१० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो। खेलको प्यलेर अफ द म्याद झापा ११ का स्वलोमन किङ घोषित भए। उनले नगद ११ हजार पाए।







-1776247934011.jpg&w=3840&q=75)


-1776255486335.jpeg&w=3840&q=75)

