मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एलनको विश्वकीर्तिमान

बिहिबार, २१ फाल्गुण २०८२खेलपाटी संवाददाता
एलनको विश्वकीर्तिमान
Loading ad...
mustang rice ad

काठमाडौं। टी–२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई एकपक्षीय रूपमा पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

कोलकातास्थित इडेन गार्डेन्समा बुधबार भएको खेलमा १७० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४३ बल बाँकी रहँदै ९ विकेटको फराकिलो जित दर्ता गर्‍यो।

ओपनर टिम सेइफर्ट र फिन एलनले सुरुदेखि नै प्रोटियाज बलिङ आक्रमणमाथि दबाब सिर्जना गरेका थिए। सेइफर्ट अर्धशतक बनाएर आउट भए पनि एलनले विस्फोटक शतक प्रहार गर्दै टोलीलाई सहज जित दिलाए।

एलनले मात्र ३३ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै अविजित १०० रन बनाए। यो टी–२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक हो। यसअघि २०१६ मा वेस्ट इन्डिजका क्रिस गेलले इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा भने सबैभन्दा छिटो शतकको कीर्तिमान इस्टोनियाका साहिल चौहानको नाममा छ। उनले २०२४ मा साइप्रसविरुद्ध २७ बलमै शतक बनाएका थिए। तर टेस्ट राष्ट्रविरुद्धको हिसाबले हेर्दा एलनकै कीर्तिमान सबैभन्दा छिटो बनेको छ। यसअघि टेस्ट राष्ट्रविरुद्ध ३५ बलमा शतक बनाउने कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर र भारतका रोहित शर्माको नाममा थियो।

पावरप्लेमा नै खेल सकियो

न्युजिल्याण्डका दुई ओपनरले पावरप्लेमा नै ८४ रन जोड्दै जितको आधार तयार पारे। त्यसपछि दक्षिण अफ्रिकाले खेलमा फर्किने कुनै अवसर पाएन। दसौँ ओभरको पहिलो बलमा कागिसो रबाडाले सेइफर्टलाई बोल्ड गरे पनि त्यसबेला खेल न्युजिल्याण्डको नियन्त्रणमा पुगिसकेको थियो। सेइफर्टले ३३ बलमा ७ चौका र २ छक्कासहित ५८ रन बनाए।

दोस्रो विकेटका लागि रचिन रविन्द्रसँग मिलेर अ‍ॅलेनले बाँकी काम पूरा गरे। अन्तिम २२ बलमा उनीहरूले ४९ रन जोडे। रविन्द्र ११ बलमा २ चौकासहित १३ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका लागि रबाडाले २८ रन खर्चेर १ विकेट लिए।

यानसेनको प्रतिरोध व्यर्थ

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो। ७७ रन जोड्दासम्म ५ विकेट गुमाएको प्रोटियाजलाई प्रतिस्पर्धी योगफलतर्फ डोर्‍याउने काम मार्को यानसेनले गरे। उनले ३० बलमा ५ छक्का र २ चौकासहित अविजित ५५ रन बनाए।

डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ तथा ट्रिस्टन स्टब्सले २४ बलमा २९ रन जोडे। न्युजिल्याण्डका लागि म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्रले समान २–२ विकेट लिए।

२०२१ पछि दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको न्युजिल्याण्ड पहिलो उपाधि जित्ने लक्ष्यमा छ। अब ८ मार्चमा हुने फाइनलमा न्युजिल्याण्डले भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो