काठमाडौं। ए डिभिजन लिग क्लब संकटाकी मिडफिल्डर ममता पुन मगर विदेश पलायन भएकी छन्।
संकटाका अनुसार उनी क्रोएसिया लागेकी हुन्। उनी संकटाको पहिलो महिला टोलीको सदस्य हुन्।
उनले एन्फा महिला लिगमा ८ खेल खेल्दै १ गोल र असिस्ट गरेकी थिइन्। यद्यपि, संकटा सुपर लिगमा पुग्न चुकेको थियो।
सोही लिग खेल्न संकटाले छनोट खेल्ने तयारी गर्दै गर्दा ममता आफ्नो सुन्दर भविष्य बनाउन क्रोएसिया प्रस्थान गरेकी हुन्।
उनले गत वैशाखमा हेटौंडामा भएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। बाराको नवजनजागृति क्लबविरुद्धको संकटाको ६–१ को जितमा उनी एक्लैले ५ गोल गरेकी थिइन्। उनी नै प्लेयर अफ द म्याच घोषित भएकी थिइन्।