पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम
बुधबार, १४ जेठ २०८२खेलपाटी संवाददाता

पोखरा। पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम सहभागी हुने भएको छ।
विद्यालयले २०८१ सालमा एसइई दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्देश्यले जेठ १५ देखि १७ गतेसम्म पोखराको नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेले २० र दोस्रो हुनेले १० हजार प्राप्त गर्ने छन्। प्रतियोगितामा छात्रातर्फ प्रथम हुनेले १५ र दोस्रो हुनेले आठ हजार प्राप्त गर्ने छन्।
यस्तै प्रतियोगितामा मोस्ट भ्यालुएबल छात्र/छात्राले दुई हजार प्राप्त गर्दा टप स्कोररले एक हजार रुपैयाँ प्राप्त गर्ने प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताको पहिलो खेलमा सरस्वती विद्याश्रम लामाचौर र घान्द्रुकबीच हुनेछ।










-1770087653546.webp&w=3840&q=75)

-1770083994940.webp&w=3840&q=75)
-1770033375229.jpg&w=3840&q=75)
