आयोजक बुट्टाबारी सेमिफाइनलमा
शनिबार, ०५ बैशाख २०८३खेलपाटी संवाददाता

बिर्तामोड। आयोजक टिम बुट्टाबारी युनाइटेड चौथो बुट्टाबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेडले भारतको तरञ्जुबारी फुटबल क्लबलाई १–० ले पराजित गरेको हो। बुट्टाबारीको जितमा खेलको ३०औं मिनेटमा प्रदीप बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो।
सौरव लिम्बूको लामो प्रहारलाई बुढाथोकीले हेडमार्फत गोलमा परिणत गरेका थिए। त्यसपछि लगातार दबाब सिर्जना गरेको तरञ्जुबारीले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
खेलमा निर्णायक गोल गरेका बुढाथोकी ‘म्यान अफ दी म्याच’ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।










-1776523830982.png&w=3840&q=75)
