काठमाडौं। घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाइएको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलबार राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकालाई पनि समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
प्रतियोगिता १७-३० अक्टोबरसम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय छ। साबिक उपविजेता नेपाल समूह ‘बी’ मा छ। यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन्।
अर्को समूहमा साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्। नेपालले १८ अक्टोबरमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
बन्द प्रशिक्षणमा बोलाइएको टोली
अन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला वि.के., हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता के.सी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई, सुनिता भुलन