काठमाडौं। ब्राजिल राष्ट्रिय फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो पहिलो प्रारम्भिक टोलीको घोषणा गर्दै अनुभवी खेलाडीलाई टोलीमा फर्काउने संकेत दिएका छन्।
उनले घोषणा गरेको प्रारम्भिक टोलीमा नेयमार, कासेमिरो र रिचार्लिसन समेटिएका छन्। योसँगै ब्राजिल टिममा फेरि पुराना अनुहारको आगमन हुन सक्ने सम्भावना बढेको छ।
कासेमिरो र रिचार्लिसन दुवै यस बुधबार बिल्बाओमा हुने युरोपा लिगको फाइनल खेल्दैछन्। कासेमिरो म्यानचेस्टर युनाइटेड र रिचार्लिसन टोटनह्यामको जर्सीमा मैदानमा उत्रनेछन्। यद्यपि, फाइनलपछि मात्र एक जना युरोपेली च्याम्पियन बन्नेछन्। दुवै खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावना बलियो बनाएका छन्।
गत एक वर्षदेखि यी दुई खेलाडीले कुनै पनि खेलमा ब्राजिलको प्रतिनिधित्व गरेका छैनन्। रिचार्लिसन चोट र खराब प्रदर्शनको कारण टिमबाहिर थिए। उता, कासेमिरो युनाइटेडका तत्कालीन मुख्य प्रशिक्षक डोरिवाल जुनियरको योजनाबाहिर थिए।
तर, अहिले परिस्थिति फेरिएको छ। रिचार्लिसन चोटमुक्त भइसकेका छन्। उनी सन् २०२२ को विश्वकपमा देखाएको जस्तो प्रदर्शन पुनः दोहोर्याउने लक्ष्यमा छन्। कासेमिरो पनि युनाइटेडलाई युरोपा लिगको फाइनलसम्म पुर्याउन मुख्य भूमिकामा देखिएका छन्। एन्सेलोटीसँग रियल मड्रिडमा बिताएको सफल समयले पनि कासेमिरोको टिममा स्थान सुनिश्चित जस्तै बनाएको छ।
नेयमारको कहानी भने फरक छ। उनले सान्तोसबाट खेल्ने क्रममा अप्रिलमा चोट बेहोरेका थिए। तर, अहिले उनी प्रशिक्षणमा फर्किएका छन्। एन्सेलोटीले आफ्नो प्रारम्भिक टोलीमा उनलाई समावेश गरेका छन्। मार्चमा पनि उनी टिममा फर्कन लागेका थिए। तर, फेरि चोटि बाधक बनेको थियो।
१८ महिनायता ठूलो स्तरको फुटबल प्रतियोगिता उनी देखिएका छैनन्। तर, एन्सेलोटीले टिममा समावेश गर्नु भनेको उनलाई २०२६ विश्वकप योजनाको हिस्सा बनाउने संकेत देखिन्छ।