एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने
आइतबार, मंसिर १, २०८२खेलपाटी संवाददाता

काठमाडौं। लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।
आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हरायो। विजयी टोलीका मुकुन्दकुमार निउरे र राम थापाले गोल गरे। निउरे प्लेयर अफ द म्याच घोषित भए।
अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९–८ ले हरायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको पहिलो ५ पेनाल्टी सुटआउटमा ४–४ को बराबरी भएको हो।
नव जनजागृतिको १०औं पेनाल्टी असफल भएको थियो भने चित्लाङले सफलता पाएको थियो। चित्लाङका गोलरक्षक विशाल केसी प्लेयर अफ द म्याच घोषित भए।
उपाधि भिडन्त मंगलबार हुनेछ। उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। सेमिफाइनल प्रवेश गर्ने ४ टोली राष्ट्रिय लिगमा प्रवेश गरेका छन्।






-1763309767672.webp&w=3840&q=75)





