जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

हिमालयन मनोज
बुटवल । जेसीआई सिद्धार्थ नेपालले स्वर्णजयन्ती महोत्सवको अवसरमा विविध खेलकुद कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार बुटवलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर फुटसल, ब्याडमिन्टन र म्याराथन विधाका विजेता खेलाडीलाई पुरस्कृत गरिएको छ ।
म्याराथनमा सशस्त्र प्रहरी बलका जंगबहादुर एडी पहिलो भए, नमुना माविका सुरज यादव दोस्रो र पक्लिहवाका ऋषि हरिजन तेस्रो भए । काशी नोबलका करुणा शर्मा सान्त्वना भएका थिए ।
ब्याडमिन्टनमा पाल्पाका अविन श्रेष्ठ र विनय खातीको जोडी पहिलो, दिपेन्द्रमान श्रेष्ठ र अशोक क्षेत्रीको जोडी दोस्रो र सुरेश राना र दिनेश पराजुली तथा ठाकुर रोक र सुमन श्रीसको जोडी तेस्रो भएको थियो ।
फुटसलमा जेसीआई सिद्धार्थ पहिलो, लुम्बिनी प्रेस क्लब दोस्रो र सिद्धार्थ उद्योग वाणिज्य संघ तेस्रो भएका थिए ।
हरेक विधाका विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।









-1763309767672.webp&w=3840&q=75)





