वालिङ। पर्वत इङ्लिस बोर्डिङ स्कुल र भूपू सैनिक वालिङले नवौं अर्हान्त स्मृति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
वालिङ युनाइटेड क्लबको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा यी दुई विद्यालयले आ–आफ्नो खेलमा जित हात पारेका हुन्। योसँगै यी दुई विद्यालयले सेमिफाइनल सम्भावना पनि बलियो बनाएका छन्।
समूह सी को खेलमा पर्वतले सगरमाथा इङ्लिस बोडिङ स्कुललाई २–० ले पराजित गर्यो। खेलको सातदं मिनेटमा युनिक रानाको गोलमार्फत पर्वतले सुरुआती अग्रता लिएको थियो।
दोस्रो हाफको तेस्रो मिनेटमा रेमन थापाले गोल गर्दै पर्वतको सहज जित सुनिश्चित गरे। खेलको म्यान अफ द म्याच भने युनिक घोषित भए।
समूह ए को खेलमा वालिङले शाइन भ्यालिलाई २–० ले नै पराजित गर्यो। खेलको १६औं मिनेटमा अभिषेक परियारको गोलमार्फत वालिङले सुरुआती अग्रता लिएको थियो।
दोस्रो हाफको १४औं मिनेटमा किस्मत श्रेष्ठले गोल गर्दै वालिङको जित पक्का गरे। खेलको म्याच अफ द म्याच अनिश राना घोषित भए।
प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन्।
विजेताले ५१ र उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछन्।