क्लबहरूले तोडे ९ दिनदेखिको अनशन
-1774353256764.jpg&w=3840&q=75)
काठमाडौं। सहिद स्मारक लिगका क्लबहरूले ९ दिनदेखिको अनशन तोडेका छन्।
‘होम एन्ड अवे’ लिगको माग गर्दै क्लबका प्रतिनिधि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको गेट बाहिर अनशन बसकेका थिए। तर, मंगलबार जुस पिएर उक्त अनशन तोडेका हुन्।
‘विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै जारी रहेको रिले अनशन हाललाई स्थगित गरिएको जानकारी गराइन्छ। साथै, भविष्यमा थप सशक्त र प्रभावकारी ढंगले हामीबीच भएको होम एन्ड अवे प्रणालीसम्बन्धी सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक कार्यक्रमहरू बनाई अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं,’ क्लबहरूले भनेका छन्।
क्लब प्रतिनिधिहरूले राष्ट्रिय लिग र सहिद स्मारक महिला लिगमा सहभागी खेलाडीहरूको व्यवस्थापन, विदाई, र क्लबको आर्थिक व्यवस्थापन सम्बन्धी असहज अवस्था समाधान गर्नुपर्ने भएकाले अनशन स्थगन गर्ने निर्णय लिएको बताइएका छन्।





-1774350920804.jpeg&w=3840&q=75)






-1774280237611.jpeg&w=3840&q=75)