आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं। कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिग (आईपीएल) प्रत्यक्ष प्रशारण गर्ने भएको छ।
कान्तिपुर म्याक्सले लगातार दोस्रो वर्ष विश्व क्रिकेटको सबैभन्दा ठूलो र ग्लामर्स लिग प्रत्यक्ष प्रसारण गर्न लागेको हो। सन् २००८ बाट सुरु भएको आईपीएलको १९ औं संस्करण शनिबार सुरु हुँदैछ।
पहिलो दिनको खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेडलुरुले एम चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबादको सामना गर्दैछ। कान्तिपुर म्याक्सले आईपीएलको सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्नेछ र नेपाली घर घरमा आईपीएल पुग्ने छ। गत वर्ष पनि कान्तिपुर म्याक्सले आईपीएलको सबै ७४ खेल प्रत्यक्ष प्रसारण गरेको थियो।
कान्तिपुर म्याक्स आईपीएलको खेल प्रत्यक्ष प्रसारण गर्ने पहिलो नेपाली च्यानल हो। आईपीएलको प्रत्यक्ष प्रसारणले नेपाली दर्शकलाई थप उत्साहित बनाउने अपेक्षा कान्तिपुर म्याक्सले राखेको छ। खेल सुरु हुनु अघि म्याच प्रिभ्यु राखिने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ।
एक्स्ट्रिम इनर्जी डिक्स ब्रोडकास्टिङ टाइटल पार्टनरको रुपमा रहेको छ भने पावर्ड बाई लेमिनार टायल्स एन्ड मंगलम पाइप हुनेछ।
कान्तिपुर म्याक्स विश्वका ठुला इभेन्टहरु प्रत्यक्ष प्रसारण गर्न केन्द्रित रहेको जानकारी गराउदछ। कान्तिपुर म्याक्सले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) ले प्रत्यक्ष प्रसारण गरेको थियो।
कान्तिपुर म्याक्समा हाल इंग्लिस प्रिमियर लिग (ईपीएल) का खेल प्रत्यक्ष प्रसारण भइरहेको छ। कान्तिपुर म्याक्सले यसअघि विम्बल्डन टेनिससहित नेपालका फुटबल, फुटसल, भलिबल लिगहरु प्रत्यक्ष प्रसारण गरेको थियो।





-1774280237611.jpeg&w=3840&q=75)








