काठमाडौं। नेपाली क्रिकेट टोली आइसिसी महिला विश्वकपको ढोका खोलेर बुधबार स्वदेश फर्किएको छ।
थाइल्यान्डको बैंककमा सम्पन्न एसिया कप छनोट पार गर्दै नेपालले ग्लोबल छनोटमा बनाएको थियो। प्रतियोगिता सक्किएलगत्तै नेपाली टोली साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको हो।
आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको थियो। नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो।
अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ। उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन्।