काठमाडौं। सुरूआती अग्रता जोगाउन नसक्दा चन्द्रपुरले एन्फा महिला लिगको सुपर लिगमा पुग्ने सम्भावना कमजोर बनाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशी प्रदेशसँग चन्द्रपुर १-१ गोलको बराबरीमा रोकिएको हो।
योसँगै कोशीले सुपर लिगमा पुग्ने सम्भावना बढाएको छ। उसले ८ खेलबाट १२ अंक बनाएको छ। उसले अन्तिम खेल सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ। चन्द्रपुरको भने समान खेलबाट ८ अंक छ। चन्द्रपुरले भने एपीएफसँग खेल्ने छ।
५१औं मिनेटमा सुनिता सुनारको गोलमा चन्द्रपुरले सुरूआती अग्रता लिएको थियो। तर, ८०औं मिनेटमा ममता राउतले गोल गर्दै कोशीलाई हारबाट बचाइन्।