काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीका लागि एर्लिङ हालान्डले आफ्नो १००औं गोल गरेका छन्।
नर्वेका अन्तर्राष्ट्रिय खेलाडीले डिफेन्डिङ च्याम्पियनका लागि आफ्नो १०५औं उपस्थितिमा यो ऐतिहासिक आँकडा छुएका हुन्।
विश्वकै उत्कृष्ट फुटबल खेलाडीको हात पार्ने बालोन डी'ओर अवार्डका लागि मनोनयनमा परेका हालान्डले यस सिजन उत्कृष्ट प्रदर्शन गरेका छन्।
सन् २०२२ मा बोरुसिया डर्टमन्डबाट ६३ मिलियन डलरमा अनुबन्धित भएयता उनले सिटीमा आफ्नो दुई सिजनमध्ये प्रत्येकमा लिग स्कोरिङ चार्टमा शीर्ष स्थान हासिल गरेका छन्। इतिहाद स्टेडियममा भएको खेलको नवौं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
२२औं मिनेटमा रिकार्डो कालाफियोरी र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ग्याब्रियल म्यागाल्हेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर, दोस्रो हाफको इन्जुरी समयमा सब्स्टिच्युट जोन स्टोन्सले गोल गर्दै सिटीलाई जित दिलाए।