• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २५, २०७५ खेलपाटी संवाददाता
आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

बिभागीय टोली त्रिभुवन आर्मी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश नम्बर ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ ।

 

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो ।

 

आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेले । ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे ।

 

सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे । टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो । मण्डल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढायरले खाता खोल्नै सकेनन् । तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार हुँदा आर्मीले २६.२ ओभरमा ७६ रन जोडेको थियो ।

 

त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि सुस्त सुरुआत गरेको आर्मीका लागि राहत मिलेको थियो । पुनले शतक प्रहार गर्दा सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले । उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरे ।

 

छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए ।

 

बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिए ।

 

२९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निश्चित भएको हो ।

 

आर्मीका बलरहरुको कसिलो बलिङसामू प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । प्रदेश ५ का लागि नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले बनाएको ३१ रन नै सर्बाधिक हो । कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरे । उनका अलावा शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले १४–१४ रन बनाए ।

 

बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोवले ३–३ विकेट लिँदा सागर पुनले २ तथा सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट बाँडे । सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP