अस्ट्रेलिया (डार्बिन)। टप एन्ड टी–२० सिरिज खेल्न नेपाली टोली अस्ट्रेलिया पुगेको छ।
नेपालले टी–२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट १४ देखि २४ सम्म डार्बिनमा टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो। सोही सिरिजका लागि नेपाली टोली मंगलबार डार्बिन पुगेको हो। सिरिजमा पाकिस्तान शाहीन्स (‘ए’) र बंगलादेश ‘ए’ पनि छन्।
नेपालले पहिलो खेल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध खेल्ने छ। आयोजक नर्दर्न टेरिटोरी क्रिकेटका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ। नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुने तय छ।