काठमाडौं। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआइ) वरीयता यथावत् रहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको वरीयतामा नेपाल १७औं स्थानमा छ।
भारत शीर्ष स्थानमा कायमै छ। न्युजिल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा छ। श्रीलंका एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेको छ।
पाकिस्तान भने एक स्थान तल झरेर पाँचौं स्थानमा पुगेको छ। दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं र इङ्ल्यान्ड आठौं स्थानमा यथावत् छ।
वेस्ट इन्डिजले एक स्थान सुधार गर्दा बंगलादेश खस्किएको छ।