• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक

काठमाडौं। म्यानचेस्टर सिटीका विंगर ज्याक ग्रिलिसले आफ्नो समस्याग्रस्त करियरलाई पुनर्जीवित गर्ने प्रयास गरेका छन्। उनी २०२५–२६ सिजनका लागि एभर्टनमा ऋणमा गएका छन्।

गत सिजन सिटीका प्रशिक्षक पेप ग्वार्डियोलासँग उनको सम्बन्ध बिग्रिएको थियो। प्रिमियर लिगमा उनले सात पटक मात्र सुरुआती ११ मा स्थान पाएका थिए।

२९ वर्षे ग्रिलिसलाई अमेरिकामा क्लब विश्व कपका लागि सिटीको टोलीमा समेत समावेश गरिएको थिएन। योसँगै उनी अब टोलीमा चाहिएको छैन भन्ने स्पष्ट सन्देश गएको थियो।

एभर्टनले ग्रिलिसलाई साप्ताहिक लगभग ३००,००० पाउन्ड (४०२,००० डलर) तलब दिने गरी अनुबन्ध गरेको छ। नयाँ प्रिमियर लिग सिजनको सुरुआत अगस्ट १८ मा लिड्सविरुद्ध हुनेछ।

ग्रिलिसले भने,‘म एभर्टनमा अनुबन्धित भएर निकै खुसी छु। यो मेरो लागि ठूलो कुरा हो। यो एक महान् क्लब हो, जहाँ महान् समर्थकहरू छन्।’ उनले एभर्टनमा नम्बर १८ जर्सी रोजेका छन्। यो क्लबमा खेल्दा वायन रुनी र पाउल ग्यास्कोइनले लगाउने नम्बर हो।

‘मेरो सबैभन्दा मनपर्ने दुई इङ्ग्लिस खेलाडी रूनी र पाउल ग्यास्कोइन हुन् र म जान्दछु उनीहरूले एभर्टनमा नम्बर १८ लगाउँथे। मैले यहाँ आउनुअघि रुनीसँग कुरा गरें र त्यो नम्बरबारे भनें। आशा गर्छु उनी पनि खुसी छन्,’ उनी भन्छन्।

ग्रिलिस २०२१ मा एस्टन भिल्लाबाट सिटीमा १०० मिलियन पाउन्डमा भित्रिएका थिए। त्यतिबेला यो रकम ब्रिटेनकै कीर्तिमानी थियो। उनले सिटीका लागि तीन प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितिसकेका छन्। तर, २०२२–२३ को ट्रेबल जित्ने अभियानपछि उनको प्रदर्शन घट्न थालेको छ।

इङ्ल्यान्डको युरो २०२४ टोलीमा उनी समावेश नहुँदा उनलाई हृदयविदारक महसुस भएको थियो। ग्वार्डियोलाले गत सिजन ग्रिलिसलाई कम मात्र मौका दिएका थिए। एफए कप फाइनलमा क्रिस्टल प्यालेसविरुद्धको हारमा पनि उनी ज्यादै कम खेलमा मैदान उत्रिएका थिए।

उनको व्यक्तिगत जीवनमा पनि बारम्बार मदिरा सेवनसम्बन्धी गुनासो आइरहेको थियो। एभर्टनमा अनुबन्ध भएसँगै आफ्नो करियर सुधार्न र आगामी वर्षको विश्वकप अघि इङ्ल्यान्ड टोलीमा फिर्ता आउन मौका मिल्नेछ।

ग्रिलिसले भने,‘मेरो जाने एक ठाउँ मात्रै थियो। त्यसैले मैले प्रशिक्षकसँग कुरा गरेर निर्णय लिएको हुँ। सोसल मिडियामा एभर्टन समर्थकहरूले धेरै सन्देश पठाएका छन्, त्यसैले त्यो पनि कारण हो कि मैले एभर्टन रोजेको हुँ।’

एभर्टनले सिजन अघि गुडिसन पार्क छोडिसकेको छ। अब नयाँ हिल डिकिन्सन स्टेडियम प्रयोग गर्नेछ। यहाँ ग्रिलिस मुख्य खेलाडीका रूपमा देखिनेछन्।

प्रशिक्षक डेविड मोयसका लागि यो सिजनको सबैभन्दा ठूलो साइनिङ मानिन्छ। उनले यो समरमा धेरै ठूलो रकम खर्च गरेका थिएनन्। मोयसले भने, ‘हामी ज्याकलाई एभर्टनमा स्वागत गर्छौं र उनी यहाँ हुनुमा धेरै खुसी छौं।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
डोनारुम्माले पीएसजी छाड्ने पक्का
डोनारुम्माले पीएसजी छाड्ने पक्का
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP