काठमाडौं। सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रोत्साहस्वरूप ५ लाख रुपैयाँले सम्मान गर्न लागिएको प्रधानमन्त्री केपी ओली शर्माले जानकारी दिएका हुन्।
ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए।
यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ। बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेको छ।
यस्तै, उनका प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई भने २ लाखसहित सम्मान गरिने ओलीले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।