काठमाडौं। स्पिनर ललितनारायण राजवंशीले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने भएका छन्। आमाको निधन भएका कारण ललितले प्रतियोगिता गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो।
उनको स्थानमा अर्का स्पिनर शाहब आलमलाई नेपाली टोलीमा बोलाइएको छ। आइतबार बिहान ललितको आमाको निधन भएको थियो। टोली प्रतियोगिताका सोमबार अस्ट्रेलिया प्रस्थान गर्नेछ ।
नेपालले तयारीस्वरूप अगस्ट १४ देखि २४ सम्म डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो ।नेपालले पहिलो खेलमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ।