जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
-(1)-1754916029.png&w=3840&q=75)
कोलोन (जर्मनी)। नर्थ राइन–वेस्टफालियाका नेपालीहरूको संस्था नेप्लिज स्टार एनआरडब्लुले आगामी अगस्ट १६ मा चन्द्र सूर्य कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता जर्मनीको कोलोन सहरमा हुनेछ।
जर्मनीका विभिन्न सहरबाट ६ टोली सहभागी हुनेछन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणका खेल राउन्ड रोबिन लिग ढाँचामा खेलाइने आयोजक समितिका अनील नगरकोटीले जानकारी दिए।
समूह चरणको प्रत्येक खेल १२–१२ ओभरको हुनेछ भने दुवै समूहका शीर्ष टोलीबीचको फाइनल १५–१५ ओभरमा हुनेछ।
बिहान ८ बजेबाट सुरु हुने खेलमा एनआरडब्लु निलो, बर्लिन र डाम्स्टाड समूह ‘ए’ मा रहेका छन्। एनआरडब्लु पहेँलो, म्युनिख र गिसेन अर्को समूहमा छन्।
उपाधि विजेताले नगद एक हजार २२२ युरो, कप र प्रमाणपत्र पाउनेछन्। उपविजेतालाई ५५५ युरो पुरस्कार प्रदान गरिनेछ। ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई विशेष पुरस्कार दिनेछ।









-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)



