काठमाडौं। भारतका पूर्वकप्तान रोहित शर्मा र विराट कोहलीले पहिले नै टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यास घोषणा गरिसकेका छन्।
अब दुवैजना अक्टोबरमा हुने अस्ट्रेलिया भ्रमणपछि एकदिवसीय क्रिकेटबाट पनि विदा लिने तयारीमा रहेको बताइन्छ।
अस्ट्रेलिया भ्रमणमा तीन वटा एकदिवसीय र पाँच वटा टी–२० सिरिज हुनेछ। त्यसपछि रोहित र विराटले आफ्नो अन्तिम एकदिवसीय सिरिज खेल्न सक्ने अनुमान गरिएको छ।
भारतीय टोली व्यवस्थापनले २०२७ को विश्वकप योजनामा दुवैलाई प्राथमिकतामा राखेको छैन। एकदिवसीय टोलीमा रहन दुवैलाई घरेलु क्रिकेट खेल्नुपर्ने हुन सक्छ।
यस विषयमा भारतका पूर्वकप्तान सौरव गांगुलीले प्रतिक्रिया दिँदै भने, ‘मलाई यसको जानकारी छैन। म कुनै टिप्पणी गर्न सक्दिनँ। यो भन्न गाह्रो छ, तर जो राम्रो खेल्छ उसले खेल्ने मौका पाउँछ। यदि उनीहरूले राम्रो प्रदर्शन गरे भने खेलिराख्नु पर्छ। विराटको वनडे रेकर्ड अद्भुत छ, रोहितको पनि त्यस्तै हो। दुवै सीमित ओभरको क्रिकेटमा उत्कृष्ट छन्।’
भारतको अस्ट्रेलिया भ्रमण अक्टोबर १९ बाट सुरु हुनेछ। टी–२० खेल पर्थ, एडिलेड र सिड्नीमा हुनेछन्। त्यसपछि डिसेम्बरमा भारतले दक्षिण अफ्रिकासँग तीन घरेलु एकदिवसीय खेल्नेछ। सन् २०२६ को तालिकामा न्यूजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्धका एकदिवसीय सिरिज पनि समावेश छन्।