काठमाडौँ। ट्रेन्ड बोल्ड र युजवेन्द्र चहालले शानदार बलिङ गरेसँगै मुम्बईले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १२६ रनको लक्ष्य दिएको छ।
वानखडे स्टेडियममा टि हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएको हो।
बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए। उनीहरूले रनको खाता खोल्न सकेनन्। यस्तै, युजवेन्द्र चहलले पनि ३ विकेट लिए।
नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।
मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे।