बुटवल। तिलोत्तमा क्रिकेट लिग असोजमा आयोजना हुने भएको छ। तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिग हुन लागेको हो।
रुपन्देही जिल्ला भित्रका हाईस्कूलका विद्यार्थी सहभागी हुने प्रतियोगितामा अक्सन हुनेछ। प्रतियोगितामा प्रत्येक स्कूल फ्रेन्चाइजको रूपमा भाग लिनेछनेछ। हरेक फ्रेन्चाइजमा १४ खेलाडी रहनेछन्, जसमा कप्तान, मार्की प्लेयर र पहिला नै छानिएका चार खेलाडी समावेश हुनेछन्।
खेलहरू टी–२० फार्म्याटमा ड्युजबलले खेलिनेछ र एक्स्ट्राटेक ओवल स्टेडियममा आयोजना हुनेछ।
कप्तान र मार्की प्लेयरको मूल्य १० हजार रुपैयाँ राखिएको छ भने अन्य खेलाडीहरूको मूल्य ५ हजार रुपैयाँ रहनेछ। कुल बजेट प्रतिटिम ८० हजार रुपैयाँ तोकिएको छ।