मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मंगलबार, भदौ १०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। गोविन्द विक र सुमन बम ठकुरीले ह्याट्रिकसँगै मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१९ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडलाई १०-० ले पराजित गरेको हो।
जितसँगै मच्छिन्द्रले १५ खेलमा ३० अंक जोडेको छ। पराजित प्लानिङ ब्वाइज समान खेलबाट १० अंकका साथ १२औं स्थानमा छ।
मच्छिन्द्रलाई जित दिलाउन गोविन्द र सुमनबाहेक विकास थापले दुई तथा करण धामी र साइस डंगोलले समान एक गोल गरे।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)