एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा खेलमा साबिक जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाज भिड्ने भएका छन्।
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाज भिड्ने भएका छन्।
प्रतियोगितामा जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज र पोखरा एभेन्जर्स गरी ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। गत संस्करणमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
यो संस्करणको उद्घाटन खेल मंसिर १ गते अर्थात नोभेम्भर १७ मा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच खेलिनेछ। लिग चरणका खेलहरू नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म चल्नेछन्। खेलहरू दुई सत्रमा सञ्चालन हुनेछन्। पहिलो खेल बिहान ११:४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा शीर्ष र दोस्रो स्थान रहने टोलीबीच क्वालिफायर १ को खेल हुनेछ। त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुनेछ।
क्वालिफायर १ को पराजित र एलिमिनेटरको विजेता टोलीबीच डिसेम्बर ११ मा क्वालिफायर २ खेलिनेछ। यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोली फाइनल खेल्नेछन्।







-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)