काठमाडौं। नेपाल ‘ए’ र आसाम क्रिकेट एसोसिएसनबीचको टी–२० सिरिजका खेल बिहीबारदेखि सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार उक्त जानकारी दिएको हो।
क्यानका अनुसार सिरिज खेल्न टोली मंगलबार नै त्यसतर्फ प्रस्थान गर्नेछ । गुहाटीमा हुने सिरिजको दोस्रो खेल २९ अगस्टमा हुनेछ। त्यसपछि नेपालले लगतार खेल खेल्दै सेप्टेम्बर १ मा सिरिज सक्काउने छ।
खेल डे/नाइट हुने क्यानले जनाएको छ। नेपालले अनिलकुमार साहको कप्तानीमा यो सिरिज खेल्नेछ।
