काठमाडौँ। नेपाल 'ए' ले तीन टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो।
नेपालका आरिफ शेखले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए। ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।
राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे।
आयरल्यान्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए।
लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १/१ विकेट लिए।