काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग घरेलु मैदानमा हुने टी२० शृंखलाका लागि टोली घोषणा गरेको छ।
क्यानले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो।
टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।
यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन्। नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’ शृंखला खेल्न लागेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत ११ र १२ गते टी२० खेल खेल्ने छ। त्यसपछि यही टोली भारतमा गएर खेल्ने छ।
भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी२० खेल खेल्ने छ। सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एक दिवसीय (ओडी) खेल्ने छ।
त्यसपछि एक दिवसीय शृंखला हुने छ। पहिलो खेल चैत २१ मा हुने छ। दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ।
