सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी

मंगलबार, भदौ १०, २०८२खेलपाटी संवाददाता
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
Classic Tech Internet Ad

काठमाडौं। भारतीय फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक खालिद जमिलले निकै चुनौतीपूर्ण जिम्मेवारी पाएका छन्।

अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) र फुटबल स्पोर्ट्स डिभलपमेन्ट लि (एफएसडिएल)बीचको विवादका कारण अहिले इन्डियन सुपर लिग (आइएसएल) स्थगित छ। त्यही वातावरणमा जमिलले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।

जमिलको पहिलो परीक्षा काफा नेशन्स कप हुनेछ। तर, यस प्रतियोगितामा उनी मोहन बगान सुपर जायन्टका खेलाडीबिनै मैदान उत्रनुपर्नेछ। एआइएफएले लिग गराउन नसकेपछि मोहन बगानले आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय खेलका लागि नपठाउने निर्णय गरेको हो।

भारत समूह ‘बी’ मा छ। २९ अगस्टमा ताजिकिस्तान, १ सेप्टेम्बरमा इरान तथा ४ सेप्टेम्बरमा अफगानिस्तानसँग ताजिकिस्तानकै हिसार सहरमा खेल्नुपर्ने तालिका छ।

सोमबार पत्रकार सम्मेलनमा जमिललाई बगानका खेलाडी नपाउँदा समस्या हुनेबारे प्रश्न उठाइएको थियो। उनले आत्मविश्वासपूर्वक जवाफ दिए,
‘हामीसँग भएका खेलाडीमै समायोजन गर्छौं। यसलाई चुनौतीको रूपमा लिन्छौं। मलाई कुनै कठिनाइ महसुस भएको छैन, टोलीमा पर्याप्त राम्रो खेलाडीहरू छन्।’

पत्रकार सम्मेलनमा एआइएफएफ अध्यक्ष कल्याण चौबे र उपाध्यक्ष एनए हारिस पनि उपस्थित थिए। हारिसले क्लब र महासंघबीच पारस्परिक समझदारीमा पुगेर राष्ट्रिय टोलीका लागि खेलाडी छोड्ने अभ्यास हुनुपर्ने बताए।

यस पटकको टोलीमा सुनील क्षेत्री अटाएका छैनन्। तर, जमिलले ढोका खुला रहेको भन्दै भने, ‘यी खेलपछि सुनील प्रायः उपलब्ध हुनेछन्। मैले उहाँसँग कुरा गरेको छु। फिट हुनुहुन्छ भने उनी सधैं स्वागतयोग्य छन्।’

एआइएफएफ अध्यक्ष चौबेले भने आइएसएल स्थगित हुनुले खेलाडी मात्र नभई फुटबलसँग आबद्ध हजारौं कर्मचारीको जीविकोपार्जनमा असर परेको स्वीकार गरे।

‘यो अवस्थाले खेलाडी मात्र होइन, फुटबलसँग सम्बन्धित हजारौं सहयोगी जनशक्तिको पेशामा प्रत्यक्ष प्रभाव पारेको छ। एआइएफएफ निरन्तर सरोकारवालासँग छलफलमा छ ताकि कसैको जीविकोपार्जनमा असर नपरोस्। हामी सबै मिलेर समाधान निकाल्नेछौं,’ उनले भने।

यसपछि भारतले अक्टोबरको फिफा विन्डोमा २०२७ एसियन कप छनोटअन्तर्गत सिंगापुरविरुद्ध दुई खेल खेल्नेछ। तर, यी खेलहरू बेंगलुरुमा हुन नसक्दा उपाध्यक्ष हारिसले निराशा व्यक्त गरे।

‘श्री कान्तेरावा रंगशाला सबै खेलका लागि प्रयोग हुन्छ। फुटबल खेल हुनुअघि मैदान तयार गर्न समय चाहिन्छ। यी खेलहरू अचानक बेंगलुरुलाई दिइएको थियो। अब खेल अन्यत्र सर्ने भएपछि हामी दुःखी छौं, तर यो हाम्रो नियन्त्रणमा छैन,’ हारिसले भने।

साथै, कर्नाटक राज्य फुटबल संघ (केएसएफ) का अध्यक्षसमेत रहेका हारिसले बेंगलुरुमा चाँडै नै एक उत्कृष्ट नयाँ रंगशाला बन्ने जानकारी पनि दिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै