काठमाडौं । कुशल मल्ल चम्किएको खेलमा नेपालले त्रिकोणात्मक सिरिजमा नामिबियालाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो ।
६४ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ्स मल्लले सम्हालेका थिए । मल्लले अविजित ५५ रन बनाए ।
आरिफ शेखले ३१ रन बनाएको इनिङ्समा ओपनर अनिल साहले २३ रन बनाए । गुलसन झाले २६ रनको योगदान गरे।
सिरिजको फाइनल पुग्ने सम्भावनालाई जिवितै राख्न नेपाललाई जित्नैपर्ने दबाब छ ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो ।