काठमाडौं । जर्मन प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । जर्मन फुटबल एसोसियसनले फ्लिकलाई आईतबार बर्खास्त गरिएको जनाएको छ ।
जर्मनीले शनिबार मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ को हार ब्यहोरेको थियो ।
अर्को वर्ष युरोपियन च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेको जर्मनीले लगातारको खराब नतिजाका कारण प्रशिक्षक बर्खास्त गरेको हो ।
उनले शनिबार पछिल्लो ५ खेलमा चौथो पराजय भोगेका थिए ।
सन् २०२१ मा गोचिम लोको स्थानमा आएको फ्लिकले पछिल्ला २५ मध्य १२ खेलमा मात्र जित निकालेका छन् ।
जापानसँगको लज्जास्पद पराजयपछि फ्लिकको जागिर धरापमा परेको धेरैको आकलन थियो ।
फ्लिक सन् २००६ देखि २०१४ सम्म लोको सहायक प्रशिक्षकको रुपमा काम गरेका थिए ।
उनले सुरुआतमा लगातार ८ खेलमा जित निकाल्दै मुख्य प्रशिक्षकको पदलाई अघि बढाएका थिए । तर पछिल्लो समय जर्मनीको फर्म विस्तारै विस्तारै खस्कदै गएको थियो । सोही कारण टिम विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।
उनी सहित सहायक मार्कस सोर्ग र डेनी रोहललाई समेत बर्खास्त गरिएको छ । पछिल्लो १२ महिनामा जर्मनीले ओमान, कोस्टा रिका र पेरुलाई मात्र हराउन सकेको छ ।