काठमाडौं । नेपालको क्रिकेट विकास र विस्तारलाई सहयोग पुर्र्याउन अष्ट्रेलियाको विभिन्न सहरमा एक्पर्ट क्रिकेट महोत्सवको आयोजना हुने भएको छ । एक्स्पर्ट एजुकेसन एण्ड भिषा सर्भिसको आयोजना हुने महोत्सव डिसेम्बर ३० बाट सुरु हुनेछ ।
एक्स्पर्ट क्रिकेट महोत्सव मेलबर्न, सिड्नी, ब्रिसबेन र एड्लेडमा हुनेछ । क्रिकेट महोत्सव मेलबर्नमा ३० अक्टोबरमा हुनेछ। यस्तै जनवरी ५ र ६ मा सिड्नी, १० जनवरीमा ब्रिसबेन र १२ जनवरीमा एड्लेडमा हुनेछ। महोत्सवमा क्रिकेट खेलबारे अन्तरक्रिया तथा खेल गतिबिधि हुनेछ ।
नेपालय इन्टरनेसनलको व्यवस्थापनमा हुने महोत्सवमा सहभागी हुन नेपालका राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु पनि अष्ट्रेलिया जाने पत्रकार सम्मेलनबाट आयोजकले जानकारी गराएको छ ।
महोत्सवका लागि नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी अष्ट्रेलिया जानेछन् । यस्तै नेपालयका प्रबन्ध निर्देशक तथा पुर्व यू-१९ टोलीका सदस्य सुवास प्रधान पनि महोत्सवमा सहभागी हुनेछन् । उनीहरु आजै अष्ट्रेलिया प्रस्थान गर्ने छन् ।

कार्यक्रममा बोल्दै कप्तान पारसले एक्पर्टको यस कार्यले निकै खुसी भएको र नेपाली क्रिकेटको विकासमा यस कार्यले सहयोग पुर्र्याउने बताए ।
यस्तै दिपेन्द्रले एक्पर्टको यस कार्यमा निकै खुसी रहेको बताए ।