काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको दोस्रो खेलमा आज होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
होबर्टको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान १०:१५ मा सुरु हुनेछ । मेलबर्न आज पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डरसंग डकवर्थ लेविस (डीएल) पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो । त्यसैले मेलबर्न पहिलो अंक जोड्न चाहन्छ । होबर्ट भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
लिगमा मेलबर्न पुछारमा छ । होबर्ट चौथो स्थानमा छ ।
होबर्टविरुद्धको खेलमा नेपाली टोलीका युवा लेग स्पिनर टिममा पर्ने बताईएको छ । सन्दीपले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन्दीपले डेब्यु खेलमा २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए । सन्दीप बिग बास लिगमा २ विकेट लिने पहिलो नेपाली खेलाडी पनि हुन् ।
सन्दीपले पहिलो ओभरमा किफायती बलिङ गर्दै ओभरमा ३ रन खर्चेर २ विकेट लिएका छन् । सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा २२ रनमा क्याच आउट गराए । यस्तै अन्तिम बलमा सन्दीपले म्याकुलम फेर्गुसनलाई १५ रनमा आउट गरेका थिए ।