काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सको चौथो खेल बिहीबार बिहान रहेको छ ।
चौथो खेलमा टाईगर्सले ब्रैम्प्टन वुल्भ्ससँग बिहीबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
अपराजित टाईगर्स चौथो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा सरे जगुआर्स र दोस्रो खेलमा मिसिसागा प्यानथर्सलाई पराजित गरेको थियो । तेस्रो खेलमा भैंकूवर नाइट्सलाई पराजित गरेको थियो ।
वुल्भ्स भने चौथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ ।
बुधबार बिहान भएको खेलमा दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा टाईगर्सले सानदार जित हात पारेको थियो ।
दीपेन्द्र आबद्ध टाईगर्समा कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।