काठमाडौं। अल–नासर क्लब साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
हङकङ स्टेडियममा मंगलबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोसम्मिलित अल–नासरले करिम बेन्जेमासहितको अल–इत्तिहादलाई २–१ ले पराजित गरेको हो।
अल–नासरको जितमा साडियो माने र जाओ फेलिक्सले गोल गरे। खेलको १०औं मिनेटमा मानेको गोलले अल–नासरलाई अग्रता दिलायो।
तर, १६औं मिनेटमा अल–इत्तिहादले बराबरी गोल गर्दै खेल १–१ मा ल्यायो। त्यसपछि २५औं मिनेटमा मानेले रातो कार्ड पाएपछि अल–नासर १० खेलाडीमा सीमित भएको थियो।
खेलको ६१औं मिनेटमा फेलिक्सले निर्णायक गोल गर्दै अल–नासरलाई फाइनलमा पुर्याए। अब अल– नासरले फाइनलमा अल–कादिसियाह र अल–अहलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।