काठमाडौं । राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको विजेताले २५ लाख पुरस्कार पाउने भएको छ ।
आयोजक ईपीएलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै विजेताले २५ लाख पाउने जनाएको हो । यस्तै उपविजेताले १० लाख पाउने छन् ।
प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस अपाचे बाइक पाउने छन् ।
आयोजकले यस संस्करणको विजेताले पाउने रकममा वृद्धि गरेको हो । गत संस्करणको विजेताले २१ लाख प्राप्त गरेको थियो ।
जारी लिगको प्ले अफ पुग्ने टोलीको तय भईसकेको छ ।
यस संस्करणमा ललितपुर प्याट्रियट्स र काठमाडौं किङस इलाभेन क्वालिफायरमा पुगेको छ । यस्तै चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सले इलिमिनेटर खेल्नेछ ।