काठमाडौं । कतार क्रिकेट संघले आयोजना गर्ने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य सञ्जम रेग्मी र यू-१९ टोलीका सदस्य हसिम अन्सारी त्यसतर्फ प्रस्थान गरेका छन् ।
कतारको राष्ट्रिय राष्ट्रिय दिवसको अवसरमा मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि सञ्जम र हसिम सोमबार त्यसतर्फ गएको निलम्बित नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
मैत्रीपूर्ण खेलमा कतारको राष्ट्रिय टोली र अन्य बिभिन्न देशका खेलाडी सम्मिलित टोलीबिच हुने क्यानले प्रेश बिज्ञप्ति निकाल्दै जानकारी गराएको हो ।
कतार क्रिकेट संघको अनुरोधमा नेपालले दुवै खेलाडीलाई कतार पठाएको क्यानले जनाएको छ । क्यानले नेपाली राष्ट्रिय टोलीका सदस्यहरु जारी एभेरष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा व्यस्त रहेको कारण ईपीएल टोलीमा नरहेका सञ्जम र हसिमलाई पठाउने निर्णय गरेका जनाएको छ ।
मैत्रीपूर्ण खेल खेले बापत दुवै खेलाडीले आठ/आठ सय डलर म्याच फी पाउने बताईएको छ ।
कतार जाने दुई खेलाडीलाई क्यानका उपाध्यक्ष दीवाकर घलेले विदाई गरेका थिए ।