• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विराटनगरद्वारा काठमाडौंलाई १०१ रनको लक्ष्य
खेलपाटी संवाददाता
सोमबार, पुस २, २०७५ खेलपाटी संवाददाता
विराटनगरद्वारा काठमाडौंलाई १०१ रनको लक्ष्य

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विराटनगर वारिवर्सलेले काठमाडौं किङस इलाभेनलाई जितका लागि १०१ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेटमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै १०० रनमा समेटियो । विराटनगरले दिएको १०१ रनको लक्ष्यसहित रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौंले जवाफी ब्याटिङ गर्नेछ ।

विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन जोडे । यस्तै हरि बहादुर चौहानले २२ रन जोड्दा कप्तान पारस खड्काले २१ रन बनाए ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए । यस्तै बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले २/२ विकेट लिए ।

यस खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ । यसै खेलबाट क्वालिफायर पुग्ने एक टोली र प्ले अफ पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

विभिन्न ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गरिरहेको ईपीएलमा प्ले अफ पुग्ने तीन टोलीको तय भईसकेको छ । काठमाडौंसहित ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्स प्ले अफ पुगिसकेको छ । ललितपुर भने शीर्ष दुईमा पर्दै क्वालिफायर नै पुगिसकेको छ ।

अब साविकको विजेता विराटनगर र चितवन टाइगर्समध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । लगातार पाँच खेल गुमाएको पोखरा भने बाहिरिसकेको छ ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई प्ले अफ पुग्न काठमाडौंविरुद्ध स्पष्ट जित निकाल्नु पर्ने हुन्छ । पराजित भएमा रन रेटमा भर पर्नु पर्ने हुन्छ ।

चितवनका लागि भने प्ले अफमा पुग्न काठमाडौंविरुद्ध विराटनगर पराजित हुनु पर्नेछ । विराटनगरले जितेमा चितवनको प्ले अफ सम्भावना सकिने छ । विराटनगर ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ । समान अंक जोडेको चितवन पुछारमा छ ।

यता, काठमाडौं भने विराटनगरलाई हराएर क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौं ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । आज विराटनगरलाई हराएमा काठमाडौं ५ खेलबाट ८ अंक जोड्दै शीर्ष दुई स्थानमा रहदै क्वालिफायरमा पुग्नेछ ।

ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्ने हुन्छ ।

यस्तै लिगको तेस्रो र चौथो टोलीले भने क्वालिफायर-२ का लागि इलिमिनेटर खेल्नेछ । इलिमिनेटरमा जित निकाल्ने टोलीले क्वालिफायर -२ मा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसंग खेल्नेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP