काठमाडौं । सन् २०२० मा आयोजना हुने आईसीसी महिला विश्वकप क्रिकेटका लागि एसिया छनोट आगामी फेब्रुवरीबाट हुने भएको छ ।
थाइल्याण्डमा आयोजना हुने छनोट फेब्रुवरी १८ देखि २७ सम्म हुनेछ । जसमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने छानोटको बिजेताले आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट र आईसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन ।
त्यसअघि नेपालले आगामी जनवरीमा थाइल्याण्डमै हुने अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपालले थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास खेल्ने छन् ।
एसिया छनोट र थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यासको लागि नेपाली टोलीको प्रशिक्षण बुधबारबाट सुरु हुनेछ ।