• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'क्रिकेट मैदान मिस गर्नेछु'
खेलपाटी संवाददाता
शनिबार, मंसिर २९, २०७५ खेलपाटी संवाददाता
'क्रिकेट मैदान मिस गर्नेछु'

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य शक्ति गौचनले शनिबारबाट क्रिकेट खेल जीवनबाट सन्यास लिए । विश्व क्रिकेटमा 'शक्ति द पावर' नामले चिनीने शक्तिले शनिबार टियु क्रिकेट मैदानमा अन्तिम खेल खेले  ।

टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सविरुद्ध पोखरा राईनोजबाट मैदान उत्रदै शक्तिले करिब १८ बर्षे क्रिकेट करियरलाई बिट मारे । 

शक्तिले सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपमा पहिलो नेपालको जर्सी लगाएका थिए । त्यहिँबाट शक्तिले नेपाली क्रिकेटमा पाईला चालेका थिए ।

शक्ति एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन् । अन्तराष्ट्रिय खेलमा शतक प्रहार गर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् ।

३४ बर्षिय शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने गत जुलाईबाट नै सन्यास घोषणा गरेका थिए । नेदरल्याण्डसविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । जुन नेपाली क्रिकेटको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।

भेट्रान बलर शक्ति अब क्रिकेट मैदानमा फरक भूमिकामा देखिने छन् । तर, नेपाली क्रिकेटले शक्तिको त्यो जादुमय बलिङ सधै सम्झने छ ।

क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गर्दा शक्तिले आफ्नो करियरबाट खुसी रहेको प्रतिक्रिया दिए । तर, शक्तिले क्रिकेट मैदान सधै सम्झिरहने प्रण गरे ।

सन्यासपछि टियु क्रिकेट मैदानमा शक्तिले आफ्नो खेल जीवनबारे बोलेका छन् । शक्तिले आफ्नो खेल जीवनबारे संचारकर्मीलाई बताएको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।

'म ९९ प्रतिशत सन्तुष्ट छु । एक प्रतिशत भन्ने आफ्नो ठाँउमा हुन्छ । एउटा खेलाडी भएको नाताले यो विदाई मलाई एकदमै भब्य लागेको छ । दिन पनि आज त्यस्तै जुर्याे । सम्पुर्ण दर्शकले मलाई हौसलाका साथ विदाई गरे ।

एकदमै खुसी छु । यो पल म कहिल्लै भुल्ने छैन् । यो क्षण खेलाडीहरुका लागि एकदमै अवस्मणीय हुनेछ । हुन्छ पनि त्यहिँ नै मेरो लागि पनि भएको छ । यो क्षण मैले म मरुन्जेलसम्म पनि बिर्सने छैन् ।

अन्तिम खेल खेल्दै गर्दा धेरै कुरा सोचेको थिएन्, छक्का र चौका मात्र नहोस् भन्ने लागेको थियो । सुरुवातमा सामान्य खेल जस्तो लागेको थियो । १० ओभरपछि केहि फरक लाग्यो । आफ्नो बलिङको समय आईसकेपछि अनुभुति हुन लाग्यो कि यो मेरो अन्तिम खेल हो भन्ने । नरमाईलो लागिरहेको थियो ।  अन्तिम खेलमा आफुले जति सक्दो राम्रो खेलौ भन्ने लागेको थियो । कारणबस जिताउन भने सकिएन । आफ्नो टिमलाई जिताएर सन्यास लिएको भए एकदमै राम्रो हुने थियो ।

मैले जतिबेला पनि भन्ने गरेको छु । मैले खेलेका हरेक खेलहरुमा आफुले इमान्दारीपूर्वक खेलेको हुन्छु । रिजल्ट भन्ने आफ्नो ठाँउमा हो । कोसिस भन्नेगरिरहेको हुन्छु । चाहे जीवनको अन्य कुरामा किन न होस् ।

मेरो खेल जीवन सफल भएकै रुपमा लिन्छु । मैले सुरुवातमा भारतबाट खेलेर आएको थियो । जतिबेला मैले बंगलादेशमा २००१ मा भएको खेलमा नेपालको राष्ट्रिय गान गाए त्यतिबेला देखिनै मेरो भित्रि आत्माले भनेको थियो कि तैले नेपालको लागि केहि गर्नु पर्छ । क्रिकेट नै तेरो एउटा दिशा हो जुन खेलमा लाग्दा तलाई सफलता मिल्छ । आफ्नो देशको लागि परिवारको लागि केहि गर्न सक्छस भन्ने आयो । त्यो बेला देखिनै म क्रिकेटमा लागिरहे, कहिल्लै पछि हटिन । अहिले आएर जुन नेपाली दर्शक, समर्थकले जुन माया र ममता दिएका छन् । मलाई लाग्छ यो मेरो जीवनको सबै भन्दा ठुलो सफलता हो ।

क्रिकेटको खेल हेर्ने हो भने सबैभन्दा ठुलो र राम्रो क्षण टी–ट्वान्टि विश्वकप नै हो । नेपाली क्रिकेटको लागि पनि त्यो पल ठुलो थियो । म खेलाडी भएको नाताले पनि र नेपाली भएको नाताले पनि त्यो नै हो मेरो जीवनको सबै भन्दा अवस्मणिय क्षण हो ।

मुख्य त खेल मैदानलाई मिस गर्छु । किनकि हामी खेल्ने नै खेल मैदान भित्र हो । त्यसपछि नेपाली राष्ट्रिय टोलीका सहकर्मीहरुलाई धेरै सम्झिने छु । धेरै कुराहरु छन् । अरुले खेलको देख्दा मिस हुनेछ ।

अब भने नेपाललाई ५० ओभरको विश्वकप खेलेको हेर्ने धोको छ । अरुलाई लाग्छ होला यो सम्भव छैन । तर, मलाई भने त्यो लाग्दैन । यो सपना साकार हुनेछ । मैले २००१ मा क्रिकेट खेल्दा पनि नेपालले विश्वकप खेल्छ भन्ने लागेको थिएन हामीले गरेर देखायौ । सरकार पक्षबाट सहयोग भयो भने यो पनि सफल हुनेछ । क्रिकेट बिकासको पाटोमा लाग्यौ भने आउने दश बर्ष पछि नेपालले वान डे विश्वकप खेल्नेछ ।

मलाई लाग्छ अब म नेपाली क्रिकेट बिकासको क्षेत्रमा लाग्नेछु । मैले गर्ने योगदानमा सबैले साथ दिनेछन् । मैले एक्लै मात्र गरेर हुदैन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्छ ।'

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP