काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र काठमाडौं किङ्स इलाभेनबीच केहि बेरमा प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेट मैदानमा पोखराविरुद्ध काठमाडौंले टस जितेको छ । र, पहिले फिल्डिङ रोज्दै पोखरालाई ब्याटिङको निम्तो दिएको छ ।
यस खेल दुवैको लागि महत्वपूर्ण रहेको छ । पोखरा अघिल्ला तीन खेलको पराजयलाई अन्त्य गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो काठमाडौंविरुद्ध पोखरालाई कठिन हुनेछ ।
तीन खेलमा अंक जोड्न नसकेको पोखरा पुछारमा छ । प्ले अफको गणितीय संभवाना बोकेको पोखरा काठमाडौंसंग पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ ।
यता, २ खेलमा २ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ । आज पोखरालाई हराएर काठमाडौं प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ ।
ईपीएलको यस सिजन ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सले प्ले अफमा स्थान पक्का गरिसकेका छन् ।