काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा साविकको विजेता विराटनगर वारिवर्सले चितवन टाइगर्सविरुद्ध केहि बेरमा प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले पृथु बास्कोटाको चितवनविरुद्ध टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ । चितवनले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् । दुवै टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
विराटनगर ३ खेलमा दुई जितसहित ४ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । आज चितवनलाई हराएर विराटनगर प्ले अफमा पुग्न चाहन्छ ।
यता, अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवन पहिलो जितको खोजीमा हुनेछ । र, प्ले अफको गणितीय सम्भावना बोकेको चितवन उक्त सम्भावनालाई जीवित राख्न चाहन्छ ।