एजेन्सी । भारतका रविचन्द्रन आश्विन र रोहित शर्मा अष्ट्रेलियाविरुद्वको दोस्रो टेष्ट बाहिर भएका छन् । चार म्याचको टेष्ट सिरिजमा पहिलो खेलमा ६ विकेट लिएका आश्विन पेटमा समस्या देखिएपछि दोस्रो टेष्ट बाहिर परेका हुन् ।
शुक्रबार सुरु हुने टेष्ट अगाडी दिईएको जानकारी अनुसार नियमित दुई खेलाडी टिम बाहिर परेका छन् । रोहित शर्मा समेत ढाडमा समस्या देखिएपछि दोस्रो टेष्ट नखेल्ने भएका हुन् ।
रविन्द्र जडेजा, भुवनेश्वर कुमार र उमेर यादवले आश्विनलाई स्थानान्तरण गर्नेछन् । हनुमा विहारीले शर्मालाई पर्थमा हुने टेष्टमा प्रतिस्थापन गर्नेछन् ।
यसअघि १९ बर्षिया ओपनर पृथ्वी शा समेत चोट बोक्दै पहिलो टेष्ट गुमाएका थिए ।