काठमाडौं । स्कुल लिग क्रिकेट (एसएलसी) प्रतियोगिता आगामी माघको पहिलो साताबाट आयोजना हुने भएको छ ।
आयोजक बनेपा क्रिकेट एकेडमी एण्ड स्पोर्ट्स सेन्टरले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ५ देखि १९ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईनेछ । दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।
पुल्चोकस्थित इन्जीनियरीङ मैदानमा हुने प्रतियोगिताको लिग खेलहरु २० ओभरको हुनेछ । सेमिफाइनल र फाइनल भने २५ ओभरको हुनेछ ।
प्रतियोगिताको विजेताले ७१ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले २१ हजार पाउने छन् ।
यस्तै म्यान अफ दि टुर्नामेन्ट, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान तथा प्रत्येक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।