काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले काठमाडौं किङस इलाभेन र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेट मैदानमा सोमपाल कामीको काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले फिल्डिङ गरिरहेको छ ।
यस खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरको यो चौथो खेल हो । ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ । यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ ।
पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो ।
यता, काठमाडौंको भने यो दोस्रो खेल हो । काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो ।