काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा अहिले पृथु बास्कोटाको चितवन टाइगर्स र शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेट मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । भैरहवा ब्याटिङ गरिरहेको छ ।
मंगलबार हुने पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको पोखराबीच खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।
चितवनविरुद्ध भैरहवा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । साबिकको उपविजेता समेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो ।
चितवन भने पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेल गुमाएको चितवनलाई भैरहवाविरुद्ध जित्नै पर्ने बाध्यता छ । भैरहवाविरुद्धको खेल गुमाए चितवनको दोस्रो चरणको यात्रा गणितीय मात्र बाँकी रहेनेछ ।
चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौंसंग पराजित भएको थियो ।