काठमाडौं । पछिल्लो समय घरेलु क्रिकेट व्यवसायिकतातर्फ उन्मुख छ । डीपीएल, पीपीएल र ईपीएल जस्ता ठुला फ्रेन्चाईज प्रतियोगिता गतिला उदाहरण हुन् ।
निकै सानो तलब भत्तामा क्रिकेट करियर सुरु गरेका खेलाडी आज लाखौ रुपैयाँमा लिलामी हुन थालेका छन् ।
घरेलु क्रिकेट अन्तराष्ट्रिय रुपमा निलम्बित हुदाँ समेत नेपालमा फ्रेन्चाईज क्रिकेटको बढेको बढ्यै छन् । सुदुरपश्चिमको डीपीएल देखि पर्यटकिय नगरी पोखराले क्रिकेटलाई संस्कृतीको रुपमा अवलम्बन गरिसकेको छ ।
जब खेलकुदले समाजमा संस्कृतीको रुप धारण गर्छ, त्यसले समग्र खेलकुदको आधार तयार गर्छ ।
घरेलु क्रिकेटमा सुरु भएको फ्रेन्चाईज क्रिकेटले विदेशी खेलाडी अनिवार्य गरेको छ । अन्तराष्ट्रिय क्रिकेटका ठुला नाम यतिबेला नेपाली भुमिमा खेलिरहेका छन् । यसले पक्कै नेपाली क्रिकेटको वृद्वि विकास र प्रचार प्रसारमा महत्वपुर्ण भुमिका खेल्नेनै छ ।
यतिबेला काठमाडौंमा टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट चलिरहेको छ ।
६ फ्रेन्चाईज टोली प्रतिस्पर्धामा छन् । विश्व क्रिकेटका ठुला नाम कीर्तिपुरस्थित त्रिवि मैदानमा देखिएका छन् । टिमको नतिजामा उनै विदेशी खेलाडी निर्णायक देखिएका छन् ।
ईपीएलमा यसपटक हरेक टिमले तीन जना विदेशी खेलाडी अनुबन्धन गरेका छन् ।
बिदेशी ब्याट्सम्यान नेपाली बलर माथि हाबी बनेका छन् । हरेक टोली विदेशी खेलाडीको प्रर्दशनमा निर्भर छन् । त्यसैले होला विदेशी खेलाडी प्रतियोगितामा पकड जमाएका छन् । स्वदेशी खेलाडी चल्न नसकेका होईनन् तर विदेशी खेलाडीको अगाडी फिक्का छन् ।
नेपालीको घरेलु मैदानमा रवाफ जमाउने केही विदेशी खेलाडी यस्ता छन् ।
रबी इन्द्रर सिंहको सतक
त्रिवि क्रिकेट मैदानमा भारतीय ब्याट्सम्यान रबि इन्द्रर सिंहले ईपीएल ईतिहासमा पहिलो सतक पुरा गरे । पोखरा राईनोजबिरुद्ध उनले शतक हानेका थिए । पोखराले दिएको २ सय १६ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा रबिले अविजित १ सय २५ रन जोडे । ४७ बलमा शतक पुरा गर्ने क्रममा उनले ६० बलमा १० छक्का ८ चौका प्रहार गरे ।
उनी ईपीएल ईतिहासमा एकै इनिङ्समा सर्बाधिक रन लिने पहिलो खेलाडी बनेका छन् ।
रिचर्ड लेभीको दोहोरो अर्धशतक
दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले आफ्नो पहिलो खेलमानै अर्धशतकीय इनिङ्स खेले । पहिलो खेलमा विस्फोटक ब्याटिङ गरेका लेभीले ३६ बलमा ७ चौका र ७ छक्का प्रहार गरेका थिए ।
लेभिले खेलेको ईनिङ्सलेनै पोखराले प्रतियोगिताकै ठुलो स्कोर बनाउन सफल भएको भयो । पोखराले ५ विकेटमा २ सय १५ रन जोडेको थियो ।
त्यस्तै उनले दोस्रो अर्धशतक ललितपुरविरुद्व पुरा गरे । सो खेलमा उनले ८४ रन बनाए । ओपनर ब्याट्सम्यान लेभिले ३९ बलमा ३ चौका र ९ छक्का प्रहार गरे ।
गौरव तमोर र जय किशन कोल्शावाला
सोमबार भएको पोखरा र ललितपुरबीचको दोस्रो खेलमा भारतीय ब्याट्सम्यान गौरव तमोर र जय किशन कोल्शावाला चम्किए । पोखराबिरुद्ध ललितपुरबाट खेलेका दुबैले शानदार पारी खेले ।
तमोर र कोल्शावालाले अर्धशतकीय इनिङस खेलेपछि केली कोएट्जरको पोखराले दिएको १६७ रनको लक्ष्य ललितपुरले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । विस्फोटक ब्याटिङ्ग गरेका तमोरले ८२ रनको योगदान दिए ।
तमोरले ४१ बलमा ४ चौका र ८ छक्का प्रहार गरे । यस्तै कोल्शावाला ३८ बलमा ५१ रन जोडे । दुवैले पहिलो विकेटका लागि १ सय २९ रनको साझेदारी गरेका थिए ।